बहराइनका राजकुमार नेपाल आउने

काठमाडौं– बहराइनका राजकुमार सल्मान विन इसा अल खालिफा नेपालको भ्रमणमा आउने भएका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राजकुमार सल्मानसहित १५ जना बहराइन नागरिक तथा ३ जना बेलायती नागरिकलाई आगामी सेप्टेम्बर १५ मा चार्टर फ्लाइटबाट नेपाल आउन अनुमति दिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड पालना गर्ने गरी नेपालको लोबुचे र मनास्लु आरोहणका लागि चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको छ,’ सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

पर्वतीय पर्यटनका लागि सरकारले पहिलोपटक अनुमति दिने निर्णय गरेको खतिवडाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.