बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला
लन्डन– चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ ।
मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीमेलले जनाएको छ ।
मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए ।
५२ वर्षीय मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया राख्नुहोस्