गोरखा तान्द्राङको नवज्योति माविमा आगलागी, ५० लाख भन्दा बढिको क्षति

 गोरखा- भीमसेन थापा गाउँपालिका वडा नं ३ टारीफाँटस्थित नवज्योति माविमा आगलागी हुँदा विद्यालयमा रहेको कम्प्युटर ल्याबमा क्षति पुगेकोे छ ।
आज विहान नौ बजेदेखि ११ बजेसम्म आगलागी हुदाँ सबै कम्प्युटर जलेर नष्ट भएको वडा ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेले जानकारी दिनुभयो ।
‘विद्यालयमा बिहान पढाइ भइरहेको बेला एक्कासी कम्प्युटर ल्याबबाट आगोको मुस्लो निस्केको थियो । पछि ल्याबको कोठा खोलेर हेर्दा ह्वारह्वार्ती आगो बलिरहेको थियो’, उनले भने, ‘तत्काल स्थानीयबासी र प्रहरी सबै मिलेर आगो निभायौँ ।’ विहान १२ बजेतिर आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
प्रारम्भिक अनुमानका अनुसार सोलार ब्याट्रीबाट विद्युत सट भएर आगोलागी भएको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ थियो ।
आगलागीबाट विद्यालयको कम्प्युटर ल्याबमा रहेका सबै कम्प्युटर जलेर जष्ट भएको छ । जसमा ३५ थान कम्प्युटर, एक थान एभिआरबोर्ड, एक थान इन्भर्टर, ३० थान कम्प्युटर टेबल, एक थान सि।सि क्यामेरा र दुई थान क्यामेरा जलेर नष्ट भएको छ ।
त्यस्तै, एक थान प्रिन्टिङ मेसिन, एक थान कलर प्रिन्ट, ५ थान झ्याल, २ थान ढोका, २५ थान प्लाष्टिक चियर, २४ वर्गाकार कार्पेट, ३० थान कम्प्युटर चियर र ८ थान सोलार व्याट्री रहेको उनले जानकारी दिए । सोलार प्यानलमा पनि केहि क्षति पुगेको छ ।
सबै गरेर ५० लाख भन्दा बढी क्षति भएको वडा अध्यक्ष लामिछानेले बताए । विद्यालयको कम्प्युटर ल्याब बाहेक अन्यमा भागमा भने क्षति भएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.