काठमाडौँबाट उडेको जहाजमा समस्या, अवतरण गर्ने तयारी
काठमाडौं- काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ ।
जहाजमा आगोको झिल्को र आवाजसहित विष्फोट भएको कोटेश्वर, इमाडोल र ललितपुर भैंसेपाटी क्षेत्रका स्थानीयले देखको बताएका छन ।
त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ।
फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो।
अहिले जहाज आकाशमै उडिरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्