तनहुँ-१ मा रास्वपाका डा वाग्लेको जित निश्चित, करिव १० हजारको अग्रता

काँग्रेस नेता भट्टराईद्वारा पराजय स्वीकार

काठमाडौँ- तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर स्वर्णिम वाग्ले जित नजिक पुग्नु भएको छ ।

करिव ५३ हजार  मत  गणना सकिँदा वाग्लेले २७ हजार ९ सय ८८ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले १५ हजार ९ सय ७९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ ।

यहाँ करिव ६५ हजार मत खसेको थियो ।

मत गणना जारी रहँदा काँग्रेसका उमेदवार भट्टराईले हार स्वीकार गर्नुहुँदै मतदातालाई धन्यवाद दिनुभएको छ। नेता भट्टराईले निर्वाचनमा आफूले पाएको मतलाई विश्वासयोग्य बनाउनेगरी काम गर्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.