स्याउला लिन जंगल गएकी महिला मृत फेला

डोटी- स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन् ।

बिहान नजिकैको जंगलमा स्याउला लिन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी गर्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिनुभयो । महिला गर्भवती रहेको खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.