स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार सकेर हिजो राति स्वदेश फर्कनु भएको छ । उपचारका लागि वैशाख ६ गते भारत जानुभएका पौडेल दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किनु भएको हो ।

राष्ट्रपति पौडेल हिजो राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको हो । यसअघि हिजो दिउँसो सार्वजनिक विज्ञप्तिमा राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.