कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ

काठमाडौँ- नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताउनुभएको छ ।

शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उहाँले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।

उहाँले आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई छिटो छरितो बनाउने विषयमा सदा ध्यान दिएर काम गर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.