मणिपुरमा भएको जातीय दङ्गामा मृत्यु हुनेको संख्या ५४ पुग्यो, १० हजार मानिस विस्थापत

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । झडपकै कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

हिंसात्मक झडपकै कारण जनजाति समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ । परिस्थित नियन्त्रणमा लिन प्रभावित केही जिल्लाहरुमा कर्फ्यु लागू गर्नुका साथै इन्टरनेट सेवा बन्द गरिएको छ ।

अशान्ति नियन्त्रण गर्ने प्रयासमा अन्तिम अवस्थामा गोली हान्ने आदेश दिइएको छ । भारतका कानुन मन्त्री किरेन रिजिजुले पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताउनु भएको छ ।

इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ ।

छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएका छन् । राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.