रुसद्वारा युक्रेनमा शक्तिशाली ड्रोन आक्रमण, ६० मध्ये ३६ वटा ड्रोन ध्वस्त पारेको युक्रेनको दाबी
रुसले युक्रेनमा कामिकाजे नामको शक्तिशाली ड्रोन आक्रमण गरेको छ । सबैभन्दा ठूलो यो ड्रोन आक्रमणमा ५ जना घाइते भएको कीभका मेयरले बताएका छन् । ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु भएसँगै युक्रेनभर हवाई आक्रमणको साइरनहरु बजेको छ ।
राजधानी कीभमा रातभर ठूलो विस्फोटको आवाज सुनिएको थियो । दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । रुसले किभमा झण्डै ६० ड्रोन प्रक्षेपण गरेकोमा ३६ वटा ड्रोन ध्वस्त पारेको युक्रेनले बताएको छ ।
ड्रोनबाट खसेर ५ जना घाइते भएको युक्रेनको भनाई छ । कीभमा आठ दिनमा गरिएको यो चौथो आक्रमण हो । मध्यरातमा सुरु भएको सो आक्रमण ४ घण्टासम्म चलेको युक्रेनी सेनाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्