प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताउनुभएको थियो । यस्तै, उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफ्नोतर्फबाट साथ रहने बताउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.