म आफ्नो नियमित काममा काठमाडौँमा नै छु : डा राणा

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आफू भागेर सिंगापुर पुगेको भन्ने हल्लाको खण्डन गर्नुभएको छ ।

उहाँले आफू आज नियमित काममा काठमाडौँमा नै रहेको नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

आफू पार्टी र केही पारिवारिक कामको सिलसिलामा नेपालका विभिन्न भागमा व्यस्त रहँदा रहँदै विदेश भागेको भन्ने हल्लाले स्वतन्त्र पत्रकारिताप्रतिको आम मानिसको विश्वास गुम्दै गएको राणाले बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्दमा केहीदिन यता विभिन्न विषयहरु सार्वजनिक भएको घटनाले आफूलाई दुखित बनाएको भएपनि निस्वार्थ जनताको पक्षमा काम गर्ने आफ्नो प्रतिवद्दतामा कुनै कमी नआउने उहाँको भनाइ थियो ।

हिजो विरगञ्ज र हेटौंडाका कार्यक्रमहरुमा सहभागी भएर राति काठमाडौँ फर्किएको उहाँले जानकारी दिनुभयो ।

राणा हिजो नेपाली काँग्रेसका नेता अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज  पुग्नुभएको थियो ।

त्यस क्रममा उहाँले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गर्नुभएको थियो ।

त्यसैगरी हेटौंडामै राणाले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियामा सम्बोधन गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.