चार साहित्य सर्जक सम्मानित

कास्की- पोखरामा चारजना साहित्य सर्जकलाई सम्मान गरिएको छ । नेपाल नाट्यप्रतिष्ठानको आयोजनामा त्यहाँ आयोजित नेपाली नाटकको प्रथम अन्तर्राष्ट्रिय सेमिनारको समापन समारोहका बीच वरिष्ठ समालोचक प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ, भारत आसाम निवासी साहित्य सर्जक केवी नेपाली, सिक्किमका वरिष्ठ साहित्यकार सी.पी. शर्मा तथा वरिष्ठ नाट्यकर्मी ओममणि शर्मालाई सम्मान गरिएको हो ।

उहाँहरुलाई नेपाली साहित्यको श्रीबृद्धिमा अतुलनीय योगदान पुर्‍याउनुभएको भन्दै सम्मानपत्र, दोसल्ला, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।

सम्मान प्रदान गर्नुहुँदै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले साहित्य समाजको दर्पण भएको औल्याउनुभयो । उहाँले साहित्यका विभिन्न विद्या मध्ये नाटक ससक्त विद्या भएको उल्लेख गर्दै रङमञ्चले मानिसको ध्यान चाँडो खिच्न सफल हुने स्पष्ट पनि पार्नुभयो। वाइट छ ।

तीन दिनसम्म चलेको उक्त सेमिनारका बीच विषयविज्ञले नेपालबाट नौ तथा भारतबाट दश गरी कुल १९ वटा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रङगमञ्चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निस्केको निष्कर्षलाई एकीकृत रुपमा प्रकाशन गर्ने उद्देश्य साथ सेमिनार आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.