नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपित १६ जनाको जिल्ला अदालत काठमाडौँमा बयान शुरु

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु भएको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान शुरु भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

प्रकरणमा मुछिएका ३० जनाविरुद्ध ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

१४ जना फरार रहेकाले आजदेखि १६ जनाको मात्र बयान हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ । सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन ।

इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.