अमेरिकी राष्ट्रपति बाइडन वायु सेवा एकेडेमीको एक कार्यक्रमै ढले

अमेरिकी राष्ट्रपति जो बाइडेन कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा दिक्षित सैनिक जवानहरुसँग हात मिलाउने क्रममा अचानक ढल्नु भएको छ ।

अमेरिकाका सबैभन्दा वृद्ध राष्ट्रपति बाइडन झण्डै डेढ घन्टादेखि उभिएर दिक्षित वायुसेवाका जवानहरुसँग हात मिलाउँदै हुनुहुन्थ्यो । ८० वर्षीय राष्ट्रपति बाइडनले समारोहमा दिक्षित ९ सय २१ जना सैनिक जवानहरुसँग एक एक गर्दै हात मिलाउँदै हुनुहुन्थ्यो ।

सोही क्रममा अचानक चिप्लिएर लड्नु भएका उहाँलाई सहयोगीहरुले तत्काल उठाएका थिए । उहाँलाई कुनै चोटपटक नलागेको बताइएको छ । ह्वाइट हाउसका सञ्चार निर्देशकले राष्ट्रपति बाइडनको अवस्था ठीक रहेको जानकारी दिनुभएको छ ।

हात मिलाउने क्रममा स्टेजमा रहेको बालुवाको झोलामा अल्झिएर राष्ट्रपति लड्नु भएको ह्वाइट हाउसले ट्वीटरमा लेखेको छ । आलोचकहरूले भने राष्ट्रपति बाइडेन दोस्रो कार्यकालका लागि उमेरकै कारण पनि अयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।

भर्खरै भएका सर्वेक्षणहरूले अधिकांश अमेरिकी मतदाताहरू बाइडनको बढ्दो उमेरका कारण चिन्तित रहेको देखाएका छन् । बाइडनले दोस्रो कार्यकालका लागि जितेमा ८२ वर्षमा नयाँ कार्यकाल शुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.