पाल्पामा पर्यटक चढेको सवारी दुर्घटना, तीनजना घाइते, एक जनाको अवस्था गम्भीर

पाल्पा- रानीमहल नजिकै भारतीय पर्यटक बोकेको सवारी दुर्घटना भएको छ । भारतको गोरखपुरबाट रानीमहल घुम्नका लागि पर्यटक बोकेर आएको सवारी रानीमहल नजिकै दुर्घटना भएको हो ।

तानसेन रानीमहल सडक खण्ड अन्तरगत रानीमहल नजिकै युपी ५५ वाइ ३३०१ नम्बरको सवारी सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार उक्त सवारीमा चार जना सवार थिए । जसमध्ये तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रमुख मल्ले बताए । घाइतेलाई उपचारका लागि तानसेन पठाइएको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.