किनमेलका लागि जोगबनी जाने क्रम रोकिएन, कडाई गर्नै समस्या

मोरङ- कोरोना संक्रमण फैलिन नदिन सरकारले नेपाल-भारत सीमा शिल गरेर कडाई गरेपनि स्थानीयले जोखिम मोलेरै निर्वाध आवतजावत गर्ने गरेका कारण सीमामा कडाई गर्न समस्या भएको छ ।
एकातिर खुला सीमा र अर्कोतिर जनशक्तिको अभावका कारण सीमामा सुरक्षाकर्मी नभएको ठाँउबाट स्थानीयहरु जोखिम मोलेर बिहारको जोगबनीमा किनमेलका लागि जाने गरेका छन् ।
नेपाल-भारत सीमाको मोरङ खण्डको करिब ६३ किलोमिटर सीमानामा नेपाल प्रहरीले २५ वटा युनिट खडा गरेर करिब ३ सय ५० जना प्रहरीहरु खटाएको छ । यसैगरी सशस्त्र प्रहरीले ८ वटा बिओपी र १५ वटा फरवार्ड पोष्ट स्थापना गरेर सिमा सुरक्षाका लागि ६ सय जना सशस्त्र प्रहरी खटाएको छ ।
मुख्य-मुख्य नाकामा कडाई गरिएको भएपनि खुला सीमाका कारण अन्य बाटोबाट आवतजावत गर्ने गरेका कारण सीमामा कडाई गर्न समस्या भईरहेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनु हुन्छ ।
मोरङको नेपाल-भारत सीमामा सशस्त्र प्रहरीले प्रतिकिलोमिटर ९ जना र नेपाल प्रहरीले ६ जना सुरक्षाकर्मी खटाएको छ । उनीहरुले २४सै घण्टा सीमामा गस्ती गर्नुपर्ने बाध्यता छ ।
सीमा क्षेत्रलाई व्यवस्थित र नियमित गर्न सुरक्षाकर्मीहरुलाई सीमामा उभ्याउनुको सट्टा खुल्ला ठाउँमा तारबार जस्ता वैकल्पिक सुरक्षा प्रबन्ध गर्न सुरक्षाविद्हरुले आग्रह गरेका छन् ।-






प्रतिक्रिया राख्नुहोस्