घोराही सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा, प्रतिकित्ता ४३५ रुपैयाँ कायम

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्रीले आजदेखि सर्वसाधारणको लागि प्राथमिक साधारण सेयर (आईपीओ)को बिक्री खुल्ला गरेको छ ।

यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणले आगामी असार ४ गते सम्ममा खरिद गर्न सक्नेछन् ।

निर्धारित समयभित्र सेयर बिक्री नभएमा असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिनेछ । सेयर खरिदका लागी न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले घोराही सिमेन्टको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

यसअघी वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो । हाल यो उद्योगले दैनिक ६ हजार टन क्लिंकर र ४ हजार टन ग्राइन्डिङ गर्ने क्षमता बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.