सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण गरेको छ । आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा जलहरीको नापतौल र परीक्षण गरेको हो ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको २ थान पेटिकासमेत गरी जम्मा १ सय छ दशमलव ४३ किलोग्राम सुन देखिएको छ ।

सुनको जलहरी कस्‍न बनाइएका काँटीको नापतौल १.३७ किलोग्राम देखिएको छ । जलहरीमा २२ क्यारेटको सुन प्रयोग भएको परीक्षणमा पाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले १०८ किलो सुनको जलहरी बनाउने भने पनि करिव १०६ किलो सुनमात्रै प्रयोग गरेको भन्ने सम्वन्धमा अख्तियारमा उजुरी परेपछि त्यसको अनुसन्धानको क्रममा अख्तियारको टोलीले जलहरीको जाँच गरेको हो ।

जलहरीमा कम सुन प्रयोग भएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा पनि वेरुजु औल्याइएको थियो । जलहरी नापजाँच गर्न हिजो अख्तियारको टोली पशुपति मन्दिरमा पुगेको थियो । अख्तियारको टोली पुग्नुअघि पशुपतिनाथ मन्दिर क्षेत्रबाट भक्तजनलाई बाहिर निकालिएको थियो ।

पशुपति नाथलाई चढाइएको चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्‍ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.