खानेपानी ट्यांकीको सुरक्षार्थ खटिएका सुरक्षागार्डको हत्या

सिरहा- सिरहाको मिर्चैयामा रहेको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत एकजना सुरक्षागार्डको हत्या भएको छ ।

खानेपानी ट्यांकीको सुरक्षामा खटिएका मिर्चैया नगरपालिका-८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो । रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उनी ८ महिनादेखि मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत थिए । यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयवाट कुकुरसहितको विषेश प्रहरी टोली परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताउनु भएको छ ।

सुरक्षागार्डले खानेपानी ट्यांकीको सुरक्षासँगै खानेपानी खोल्ने र बन्द गर्ने काम गर्दै आएको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अजय साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.