गुल्मीमा पाँच लाख बढी सुन्तला जातका बिरुवा उत्पादन

गुल्मी- गुल्मी जिल्लामा नर्सरीबाट पाँच लाख बढी सुन्तला जातका बिरुवा उत्पादन भएका छन् । जिल्लाभर रहेका नर्सरी कृषकहरुले चार लाख सुन्तलाका बिरुवा, एक लाख कागतीका बिरुवा, पाँच हजार कलमी बिरुवा उत्पादन गरेका हुन् ।

नर्सरीबाट उत्पादन भएका सुन्तला जातका बिरुवा ६० प्रतिशत मात्रै गुणस्तरीय रहेको पाइएको छ । जिल्ला भर ३० वटा नर्सरीमा कृषकले उत्पादन गरेका बिरुवाहरुमध्ये लगाउन योग्य बिरुवा छनोट गरिएको हो । जिल्लामा हाल एक लाख बिरुवाको खपत हुने अनुमान रहेको छ । जिल्लाभर तीन वटा सूचिकृत नर्सरी फाम र सात वटा जाली घर नर्सरी रहेका छन् ।

हाल जिल्लामा उत्पादन भएका दुई लाख गुणस्तरीय बिरुवा अन्यत्र जिल्लामा बेच्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा नर्सरीमा उत्पादित सुन्तला जातका बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएपछि कृषि ज्ञानकेन्द्र गुल्मीले बिरुवा उत्पादक कृषकलाई तालिम समेत प्रदान गरेको छ ।

तालिममा जिल्लाभरबाट बिरुवा उत्पादक र बिरुवा लगाउने कृषकहरूको सहभागीता रहेको थियो । कृषकहरु बिरुवा उत्पादनको अबस्था र बजारीकरणको बारेमा समस्याहरु राख्नु भएको थियो । बिरुवा उत्पादक कृषकलाई कसरी गुणस्तरीय बिरुवा उत्पादन गर्ने र बिरुवा लगाउने कृषकलाई कस्तो बिरुवा लगाउने भन्ने बारेमा जानकारी मुलक तालिम प्रदान गरेको हो ।

कृषि ज्ञानकेन्द्र प्रमुख नवराज भण्डारी कस्तो बिरुवा गुणस्तरी, कति उचाईमा उत्पादन गर्ने, गुणस्तरीय हुनको लागि केके मापदण्ड हुनुपर्ने, कस्तो बिरुवाले उत्पादन राम्रो दिन्छ जस्ता बिषण्मा जानकारी मुलक प्रस्तुती कृषकहरुलाई प्रदान गर्नुभएको थियो ।

सुन्तला तथा कागतीका बिरुवा गुणस्तर हुनका लागि बिजु बिरुवा एक देखि दुई वर्षको हुनैपर्ने हुन्छ । त्यस्तै कलमी बिरुवा एक देखि दुई वर्षको हुनुपर्ने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । अहिले बाहिरी जिल्लाबाट सुन्तला बिरुवा भित्रिने तर जिल्ला भित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेको कृषकहरुको बुझाई छ ।

जिल्ला स्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएकाले यहाँको बिरुवा खपत नहुने गरेको कृषक बिरबहादुर कार्कीले बताउनुभयो । उहाँले अहिले तीन वर्ष पहिलेदेखिका बिरुवाहरु बिक्री नभएको गुनासो गर्नुभयो । अहिले सुन्तला कागती लगाउने सिजन सुरु भएको छ ।

जिल्लामा नर्सरीहरुमा सुन्तला, कागती, टिमुर, अनार, किबी,कफी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु उत्पादन भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.