कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कील आज बस्‍ने प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेश सभाको बैठकमा प्रदेश सरकारले ल्याएको अध्यादेश टेबुल भएसँगै विश्वासको मतमाथि छलफल र मतदान हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीको गठबन्धन सरकारबाट जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

वर्तमान गठबन्धन सरकारसँग नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद गरी ४६ सांसदहरु रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ ।

यसैबीच, मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रतिपक्ष दलहरुसँग पत्राचार गरेर मत माग्नुभएको छ ।

उता नेपाली काँग्रेस र माओवादी केन्द्रले भने विश्वासको मत नदिने निर्णय गरिरसकेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.