चालीस माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

काठमाडौं- सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।

उहाँले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्दै नगर्ने गर्नुपर्ने भएमा ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले पनि ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध गर्ने सरकारको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

फोहरमैला व्यवस्थापनसम्बन्धी आधाररेखा सर्वेक्षण २०२२ अनुसार घरपरिवार निस्कने फोहरमैलामध्ये प्लास्टिकजन्य फोहरको अंश १२ प्रतिशत, संस्थागत क्षेत्रको फोहरमध्ये प्लास्टिकजन्य फोहरको अनुपात २१ प्रतिशत र व्यापारिक क्षेत्रको फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको अंश २२ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

सचिव डा पुष्करले प्लास्टिकजन्य फोहरका कारण हतितगृह ग्यास उत्सर्जन हुने, जलचर जीवजन्तुको मृत्युको कारक बन्ने, प्लास्टिक बाल्दा वायुमण्डल डाइअक्सिन, प्यूरान जस्ता विषालु ग्यास उत्सर्जित हुने, प्लास्टिकजन्य फोहर नकुहिने हुँदा पानीका मुहान सुक्ने, जताततै फोहर देखिने लगायतका समस्याले वातावरणीय स्वास्थ्य र मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.