उपसमिति संयोजक श्रेष्ठद्वारा कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारबारे विज्ञसँग छलफल
काठमाडौं– शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगत गठित कोभिड—१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले विज्ञसँग छलफल गरेको छ ।
उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले शुक्रबार सिंहदरवारस्थित समितिको कार्यकक्षमा कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्नुभएको छ ।
छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.वासुदेव पाण्डे र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झा, भाइरस विशेषज्ञाहरु डा.महेश मास्के, डा.सुजनवावु मरहठ्ठा, डा. शरद वन्त, डा. अनुप सुवेदी, डा. वासुदेव उपाध्याय तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ सहभागी हुनुभएको थियो ।

बैठकमा उपसमितिका सदस्यहरु अन्जना विशंखे, एकवाल मियाँ, सरिता न्यौपाने र सन्तकुमार चौधरीलगायतको उपस्थिति थियो ।






प्रतिक्रिया राख्नुहोस्