भारतमा संक्रमणको दर गएको २४ घण्टामा अझै बढ्दो क्रममा

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या हरेक दिन नयाँ रेकर्ड बनाउँदै बढ्दो क्रममा छ । गत सातादेखि उकालो लागिरहेको संक्रमणको दर गएको २४ घण्टामा अझै बढेको छ ।

त्यहाँ विगत २४ घण्टाको अवधिमा मात्रै ८७ हजार एक सय भन्दा बढी संक्रमित फेला परेका छन् । संक्रमित मध्ये एकैदिन थप एक हजार ६६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४० लाख बढी मानिसहरुमा संक्रमण पुष्टि भइसकेको छ भने ६९ हजार भन्दाको मृत्यु भइसकेको छ ।

कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा भने पछिल्ला दिन संक्रमित र मृतकको संख्या घट्दै गएको छ । ६३ लाख ८६ हजार संक्रमित भएर १ लाख ९२ हजारको मृत्यु भइसकेको अमेरिकामा पछिल्लो २४ घण्टामा ९७४ जनाको मृत्यु भएको छ ।

अर्को प्रभावित मुलुक ब्राजिलमा एकै दिन ८५५ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म १ लाख २५ हजार बढीको मृत्यु भइसकेको छ । दक्षिण एशियामा भारतपछि बंगलादेशमा धेरै संक्रमित छन् भने मृतक हुनको संख्या भने पाकिस्तानमा बढी छ । २२७ जना मात्रै संक्रमित फेला परेर १५० जनालाई कोरोनामुक्त बनाएको भुटान भने दक्षिण एशियामा सबैभन्दा सुरक्षित मुलुक बनेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.