प्रतिनिधि सभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने
काठमाडौँ- प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संघीय संसद सचिवालयले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विषेश कारणले भोलि दिउँसो ३ बजे बस्ने जनाएको छ ।
संघीय संसदका महासचिव डा भरत गौतमले केहीवेर अघि सुचना निकालेर बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने जानकारी दिनुभएको छ ।
यसअघि नेकपा एमालेले अवरुद्द गर्दै आएको बैठक आज प्रधानमन्त्रीले सम्बोधन गर्ने गरी सुचारु हुने जनाइएको थियो ।
तर विषेश कारण देखाउँदै बैठक भोलिको लागि सारिएको छ ।
एमालले र प्रधानमन्त्रीले व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजिनामा माग गर्दै संसद बैठक अवरुद्द पार्दै आएको छ ।
यसैबीच, संसदलाई सुचारु गर्ने विषयमा आज विहान ठूला तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्