सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

काठमाडौं- काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको र स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नो ब्रिफिङका समयमा व्यापारीलाई अभद्र व्यवहार नगर्न आदेश दिएको भए पनि आदेशको पालना नगरी अभद्र तथा अमानवीय व्यवहार गर्ने तथा जनस्तरबाट आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गरिएको हो ।

यसअघि पनि व्यापारीलाई अमानवीय व्यवहार देखाउने १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकिएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक व्यापारीप्रति अभद्र र अमानवीय व्यवहारका घटना दोहोरिन नदिन सम्बन्धित क्षेत्रमा खटिएका नगर प्रहरीलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालेको छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.