सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई असार ३० गतेसम्म स्थगित गर्नुभएको छ ।

पत्नी सीता दाहालको निधनका कारण शोकमा रहनुभएका प्रधानमन्त्री दाहालले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उहाँका सपरिवार शोकमा हुनुहुन्छ । पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्डको परिवार शोकमा परेको हो ।

पत्नी वियोगमा पर्नु भएका प्रधानमन्त्री प्रचण्डले सरकारी तवरका सम्पूर्ण कार्यक्रम आगामी ३० गतेसम्म स्थगित गर्नु भएको छ । तर श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्नेहरुका लागि भने प्रधानमन्त्रीले बालुवाटारमा भेटघाट गर्नुभएको प्रधानमन्त्रीको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।

समवेदना प्रकट गर्ने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको निधनमा नेकपा माओवादी पार्टीले दुई दिन शोक मनाउने निर्णय गरेको छ । यसक्रममा पार्टीको सबै जिल्ला पार्टी कार्यालय र केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धान्जली कार्यक्रम गरिएको छ ।

स्वर्गीय सीता दाहालको अन्त्येष्टी हिन्दु परम्परा अनुसार गरिएको थियो ।

प्रधानमन्त्रीका आफन्त बुद्धि जिसीका अनुसार, प्रधानमन्त्री प्रचण्डले पत्नी सिताको निधनमा ४ दिन र छोरी बुहारी र आफन्तहरुले ७ दिनसम्म शोक मनाउने छन् ।

प्रधानमन्त्री प्रचण्ड र स्वर्गीय सिता दाहालको तीन छोरी र एक छोरा मध्ये छोरी ज्ञानु र छोरा प्रकाशको निधन भइसकेको छ ।

यसैगरी दुई बुहारीहरु सृर्जना त्रिपाठी र विना मगर हुनुहुन्छ ।

जेठी बुहारी सृर्जना पोखरामा बस्दै आउनु भएको थियो भने राजनीतिमा सकृय कान्छी बुहारी विना मगर काठमाडौँमा हुनुहुन्छ । स्वर्गीय सिताको छोरी पट्टी ५ वटा नातिनी र १ नाति छन् भने छोरातर्फ बिना र सृजनाको १-१ वटा छोरा गरी ८ नातिनातिना छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.