भक्तपुरमा हराएको मोटरसाइकल तनहुँमा समातियो

तनहुँ– सवारीसाधन चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरी कार्यालय तनहुँले पृथ्वी राज मार्गको व्यास १२ घासिकुवामा १५० सीसीको पल्सर मोटरसाइकल समातेको छ । जुन मोटरसाइकल साउनको ४ गते भक्तपुर मध्यपुर थिमि ९ बोडेको घरबाटै हराएको मोटरसाइकल धनी सुधीर थापाले जानकारी दिनुभयो ।

मोटरसाइकल नम्बरको प्रदेश २-०३-०१२ प ४१६१ लाई अर्को नयाँ नम्बर लेखेर प्रदेश २-०३००६ प ९६ नम्बर बनाएर चलाई राखेको अवस्थामा तनहुँमा समातिएको हो । ट्राफिक प्रहरीले समातेपछि मोटरसाइकल चालकले लाइसेन्स , ब्लुबुक लिएर आउँछु भनेर गएका थिए ।

उक्त मोटरसाइकल कहाँबाट बिक्री भएको पत्ता लगाउन बजाज शोरुमका प्रोपाइटर टिका गिरीले ट्राफिकलाई सहयोग गर्नुभएको थियो ।

प्रहरी नायक निरीक्षक रेशमबहादुर रानाभाटले चोरिको मोटरसाइकलहरु तनहुँको देवघाट र पाल्पाको रामपुर , नहलपुरको डेडगाउको बाटो हुँदै आउने गरेको जानकारी प्राप्त भएको बताउनुभएको छ । साथै सवारी चेकजाँचका क्रममा भेटिएको उक्त पल्सर मोटरसाइकल धनीलाई बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.