भारतको उत्तराखण्डको अलकनन्दा नदी किनारमा करेन्ट लागेर १५ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यको अलकनन्दा नदीको किनारमा बिजुलीको ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु भएको छ ।

आज दिउँसो विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा चमोली जिल्लामा भएको दुर्घटनामा मृत्यु हुनेमा एक प्रहरी अधिकृत र पाँच जना होमगार्ड सहित १५ जना रहेको अधिकारीहरुले बताएका छन् ।

सो घटनामा अन्य छ जना गम्भीर घाइते भएको पनि भारतीय प्रहरीले बताएको छ । उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २ सय ६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.