फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय

रसुवा- रसुवाको गोसाँईकुण्ड गाँउपालिका-२ टिमुरेले फोहर ब्यवस्थापन गर्न सुरु गरेको छ । कुहिने र नकुहिने फोहोर बर्गीकरण गरी गाँउमा निस्कने फोहोरको ब्यबस्थापन सुरु गरेको हो ।
कुहिने फोहोरलाई घरमै कम्पोस्ट मल निमार्ण गरी करेसाबारी तथा खेतबारीमा प्रयोग गर्ने ब्यवस्था मिलाईएको छ । नकुहिने फोहोर मात्र वडा कार्यालयले संकलन गरी ब्यबस्थापनको थालनी गरेको वडाध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो ।
फोहर ब्यबस्थापनका लागि निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनले वडा कार्यालयलाई ट्रयाक्टर खरिद गरिदिए सँगै फोहर उठाउन सुरु गरि सकिएको छ । ल्याण्डफिल साइड कार्यालयले निर्माण गरिसकेको छ ।
नेपाल र चीनको अन्तराष्ट्रिय नाका यस क्षेत्रमा भएसंगै टिमुरे क्षेत्र क्रमिक रुपमा बजार बिकास हुन थालेकोपछि फोहर ब्यबस्थापन थालिएको हो । भान्साबाट निस्किने ६० प्रतिशत भन्दा बढी फोहोर कुहिने हुँदा कम्पोस्ट मल बनाउन आग्रह गर्दै वडा कार्यालयले नकुहिने फोहरलाई ब्यबस्थापन गर्न वडाबासी समक्ष आग्रह समेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्