ग्रीसको रोड्स टापुमा भीषण वन डढेलोः हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो
ग्रीसको रोड्स टापुमा लागेको वन डढेलो फैलिंदै गएपछि जोखिमयुक्त वस्तीमा रहेका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलो भीषण रुपमा फैलिएपछि घर तथा होटेलबाट उनीहरुलाई सारिएको हो ।
देशको अग्नी सेवाले आगलागीको अहिलेको अवस्थालाई सबैभन्दा कठिन अवस्थाका रुपमा विश्लेषण गरेको छ । बढी जोखिममा रहेका ३ हजार ५ सयभन्दा बढीलाई जमिन र समुद्री मार्गबाट सुरक्षित स्थानमा सारिएको अनुमान गरिएको छ ।
युरोपमा तातो हावाको लहरका बीच सो टापुमा गत मंगलबारदेखि डढेलो तीब्र हावा हुरीले डढेलो अझै फैलाएको छ । ग्रीसको जलवायु संकट र नागरिक संरक्षण मन्त्रालयका अनुसार हालसम्म आगलागीका कारण कोही पनि घाइते भएका छैनन् ।
डढेलोका कारण प्रभावित रोड्स टापुका १० प्रतिशत पर्यटकीय आवासलाई अन्यन्त्र सारिएको छ । डढेलो प्रभावित क्षेत्रमा आगलागी नियन्त्रणका लागि ५ वटा हेलिकप्टर र १ सय ७३ वटा अग्नीयन्त्रक परिचालन गरिएको छ । डढेलोका कारण ३ वटा होटेलमा क्षति पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्