प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत सार्वजनिक

झापा- दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सामाजिक संजालमा अनैतिक हर्कतको भिडियो सार्वजनिक भएको छ । नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि बाहिरिएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् ।

तर नगरपालिकाको प्रमुखदेखि अन्य जिम्मेवारी पदाधिकारीलाई नै आज बिहान एक्कासी कसरी रंगरोगन गर्न थालियो भन्ने कसैलाई थाहा नभएको बताएका छन् । अनैतिक हर्कत सार्वजनिक भएका कारण निरौला सम्पर्कबिहीन बनेपछि आइतबार नगरपालिकाको काम कार्वाही नै प्रभावित बनेको छ ।

यस विषयमा तत्काल उपसमिति बनाएर छानविन गरी घटना सत्य भए अधिकृतलाई कार्वाहीको दायरामा ल्याउने नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । निरौलाको यस्तो हर्कत बाहिर आइसकेपछि अधिकृतलाई नगरपालिकामा राख्न नसकिने उहाँले बताउनु भयो ।

भिडियोमा प्रमुख प्रशासकीय अधिकृत र एक महिला क्वाटर भित्रै नशामा लठ्ठ परी अनैतिक हर्कत गरिएको भिडियो शनिवार देखि भाइरल बनेको छ ।

घटना बाहिरिएपछि छानविन हुने डरले निरौलाले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेको हुन सक्ने भएकाले यसलाई तत्काल रोक्नुपर्ने स्थानीय राजनैतिक दलले कुरा उठाउन थालेका छन् ।

विहान ९ बजे तिर नेपाल टेलिभिजनका संवाददाता सहितका पत्रकारहरु कोठामा पुग्दा धमाधम दुईजना कामदारले रंगरोगन गरिरहेका थिए । पहिले लगाएको हरियो निलो रंगमाथि पहेंलो रंग लगाएको रंग लगाउनेले बताएका छन् ।

घटनाको बारे दमक नगरपालिकाका प्रमुख राम थापाले यसबारे आफूलाई केही पनि थाहा नभएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.