मनोरम क्षेत्रको रुपमा परिचित कोल्माकोट (फोटो फिचर)

स्याङजा- पछिल्लो समय धार्मिक तथा पर्यटकीय मनोरम क्षेत्रको रुपमा परिचित रहेको स्याङजाको पुतलीबजार-९ मा पर्ने कोल्माकोट क्षेत्र भने पर्यटकहरुको रोजाईमा पर्न सफल भएको छ ।
उत्तरी भेगमा देखिने सुन्दर हिमदृश्य तथा अन्य जिल्ला र पालिकाहरु समेत रमणीय स्थलको अबलोकन सहजै गर्न सकिने भएकाले आन्तरिक पर्यटकहरुको रोजाईमा परेको हो ।
कोल्माकोट क्षेत्र पछिल्लो समय पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । समुन्द्रि सतहदेखि १४ सय ५० मीटरको उचाईमा रहेको सो ठाउँबाट माछापुच्छ्रे, कन्चनजंगा लगायतका एक दर्जन भन्दा बढी हिमदृश्य तथा कास्की, तनहुँ, पर्बत लगायतका ठाउँ पनि सहजै देख्न सकिन्छ ।
जति गर्मी भएपनि केल्माकोटमा चलिरहने हावाले बिशेष गरी बिदाको दिन मानिसहरु पुग्ने गर्दछन् । कोटैकोटको जिल्ला भनेर चिनिने जिल्लामा कोल्माकोट पनि एक पर्दछ । पछिल्लो समय गाउँमा खानेपानी, सहज बाटो पुगेपछि साँच्चिकै कोल्मा चिटिक्क देखिन थालेको छ ।












प्रतिक्रिया राख्नुहोस्