हतकडीसहित फरार लामा प्रहरी नियन्त्रणमा

बारा- हतकडीसहित गाउँलेको सहयोगमा फरार बनेका जितपुर सिमरा–१६ टाङीयाबस्तीका ३५ बर्षका सागर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

हतियार सहित पक्राउ परेका लामालाई प्रहरी कार्यालय ल्याउने क्रममा स्थानीय र प्रहरीबीच भिडन्त भई फरार बनेका उनलाई पक्राउ गर्न ठुलो मात्रामा बल प्रयोग गर्ने तयारी भईरहेको जानकारी पाएपछि आफन्तको सहयोगमा लामा ईलाका प्रहरी कार्यालय निजगढमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।

दुई दिन अघि लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङगसहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगा मुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।

ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि ईलाका प्रहरी निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो । उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो ।

लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हातहतियार र बन्यजन्तु ओसारप्रसार बिरुद्ध कार्वाही हुने प्रहरी उपरिक्षक बोगटीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.