कोरियामा स्काउटको अव्यवस्थित सम्मेलन : चर्को गर्मीले सम्मेलनस्थल नै सारियो

तुफानको डर पनि कायमै

काठमाडौँ- विश्व स्काउट सम्मेलनमा भाग लिन दक्षिण क‍रिया पुगेका करिव ४० हजार विद्यार्थीहरु समस्यामा परेपछि सम्मेलनस्थलबाट सहभागीहरुलाई अन्यत्र सार्न शुरु गरिएको छ ।
सो सम्मेलनमा नेपाली विद्यार्थीहरु पनि छन ।

 

सम्मेलनस्थल कोरियाको वुआान शहरमा अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरुलाई बस्न कठिन भएको बिबीसीले जनाएको छ ।

अहिले त्यहाँको तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि रहेको छ। क्याम्पमा सवै  विधार्थीहरुलाई पालमा राखिएको थियो ।

अत्यधिक गर्मीसँगै क्याम्पमा सरसफाइको अभाव स्वस्च्छ खाना र पानी  उपलब्ध नहुँदा सहभागी विद्यार्थीहरुले अत्यन्तै असहज अवस्था झेल्नु परेको बिबीसीले भनेको छ।

विश्व स्काउट जाम्ब‍ोरीमा भाग लिन त्याहाँ  पुगेका नेपाल लगायतका सवै देशका विधार्थीहरुलाई दक्षिण कोरियाको बुआन शहर नजिक रहेको सेमान्जियम क्याम्पमा राखिएको छ।

अधिक गर्मी र क्याम्पमा खानपानको अवस्था राम्रो नहुँदा धेरै विधार्थी विरामी भएपछि बेलायत, अमेरिका र सिङ्गापुर लगायतका देशहरूले आफ्नो विद्यार्थीहरुलाई त्यहाँवाट उद्दार गरी राजधानि सिओलको होटलमा लगेका छन ।

यसैगरी, अहिले त्यहाँ समुन्द्री आँधी आउने चेतावनी  दिएपछिले सहभागी विद्यार्थीहरुलाई थप त्रसित बनाएको छ ।

सवै विधार्थीहरुलाई क्याम्वाबाट सुरक्षित  स्थानमा  सार्ने  जाम्बोरी आय‍ोजकले बताएका छन।

सम्मेलनमा नेपालबाट १ सय ८२ जना बिधार्थीहरुले सहभागिता जनाइरहेका छन ।

अत्यधिक गर्मी र अपर्याप्त स्वास्थ्य सेवा , दयनीय व्यवस्थापनको कारण आफ्ना विधार्थी त्यहाँ  बस्न सक्ने अवस्था  नरहेको भन्दै  बेलायतस्थित स्काउटका कार्यकारी प्रमुख म्याट हाइडले आफ्नो विधार्थीहरुलाई होटलमा सारेको बिवीसीलाई  बताएका छन ।

दयनीय व्यवस्थापनवाट आफूहरू निरास बनेको उनले बताए । पर्याप्त खाना र  पानीको अभावसँगै हजारौंले प्रयोग गरेका शौचालयमा सरसफाइ नहुदाको अवस्था तपाईंले सहजै कल्पना गर्न  सक्नु हुन्छ उनलेे भनेका छन।

क्याम्प रहेको स्थान सामुन्द्रिक टापु रहेको र अहिले सम्भावित सामुन्द्री आँधीको कारण त्याहँको अवस्था  अत्यन्तै जोखिमपूर्ण बनेको छ।

संसारको सवैभन्दा  ठूलो युवा शिविरको रुपमा वर्णन गरिएको जाम्बोरीले हरेक चार वर्षमा विश्वभरका स्काउटहरुको भेला गर्छ ।

यसमा १४ र १८ बर्ष बीचका  विधार्थीहरुलाई सहभागि गराइन्छ।

अहिले १सय ५५ देशका ४० हजार भन्दा बढी स्काउटहरु जाम्ब‍ोरीमा भाग लिन दक्षिण क‍ोरियामा छन।

कोरोना महामारीपछि पहिलो पटक आयोजना गरिएको यो स्काउट जाम्बोरी अगष्ट १२ सम्म चल्ने कार्यक्रम छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.