संखुवासभा कारागारमा कैदी बन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु

संखुवासभा- जिल्ला कारागार संखुवासभामा कैदबिन्दीबीच कुटपीट हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार चोरी मुद्धामा सजाय भोगीरहेका आकाश बलामी र जवरजस्ती करणीमा मुद्धा खेपी रहेका बिनोद तोलांगीको आज मृत्यु भएको हो ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो । नियन्त्रण लगतै उनीहरुलाई कारागारमा भित्र राखिएको केही बेरमा कुटाकुट हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटाकुट भएर घाइते भएका दुवैलाइ उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि ७ जना कैदीलाइ जेलबाट निकालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

घटनास्थलमा रहेका कैदीहरुको बयानका आधारमा थप अनुसन्धानका लागि ती कैदीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.