पहिरो पन्छाएर एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा- अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

उक्त राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि आठ घण्टापछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो खसेर अवरुद्ध भएका सवारी साधन दुई तर्फबाट पालैपालो गरी गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएर बाटोमा रोक्किएका सवारी गन्तव्यमा लागेका छ्न । दुई तर्फी सवारी सुचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.