कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार

मोरङ- कोशी प्रदेशमा सरकार विस्तार गरेर ६ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । साउन १७ गते गठन गरिएको उद्धव थापा नेतृत्वको सरकारमा प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

बुधवार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री उद्धव थापाले राज्य मन्त्री मण्डललाई पद तथा गोपनियताको शपथग्रहण गराउनु भयो ।

शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिस सत्यमोहन जोशी थारु सहित मंत्रीहरु, प्रदेश सांसद, कोशी प्रदेशका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण प्रदेश सभा बैठकको अध्यक्षता गर्ने विषयले महत्व राख्ने भएपछि जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिएको बताइएको छ ।

प्रदेश सभाको बैठकमा उपसभामुख अनुपस्थित भएमा अब एमालेका प्रदेश सभा सदस्यले जेष्ठ सदस्यको हैसियतले सभाध्यक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दलसंग ४७ जना र विपक्षमा ४६ जना प्रदेश सांसदहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.