चितवनको टिकौली दुर्घटना अपडेट : २० जना घाइते, ७ जनाको अबस्था गम्भिर (नामावलीसहति)

चितवन- चितवनको टकौलीनजिकै गोन्द्राङमा भएको सवारी दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ।

भरतपुर महानगरपालिका-९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं.को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिई बा.प्र.०६-००१प ९९८१,बा.प्र.०३-००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३-००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२प ४१९८ नं.को स्कुटरसहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा करिब २० जना घाइते भएका थिए ।

घाइतेहरुको भरतपुरका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको हाम्रा चितवन संवाददाता राजेन्द्र आचार्यले नेपालटिभीअनलाइनलाई जानकारी दिएका छन।

दुर्घटनामा परेका सम्पुर्ण सवारी साधन घटना स्थलमै छन । बसका चालक नवलपुर गैडाकोट न.पा.९ बस्ने बर्ष २६ को आशिष परियार प्रहरीको नियन्त्रणमा छन । घटनास्थानमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएका प्रहरीहरुले उद्दारको काम गरिरहेका छन ।।

भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरु:

१. जि.चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं.६०/६५ को कृष्ण ब.तामाङ गम्भिर ।

२. जि.मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०/६५ को महोन तामाङ गम्भिर ।

३. जि.चितवन खैरहनी न.पा.१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ गम्भिर ।

४. जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को कुसुम ब.राना गम्भिर ।

५. जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ गम्भिर ।

६. जि.चितवन र.न.पा.९ बस्ने बर्ष अं.३०/३५ को किशोर तामाङ गम्भिर

७. जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को डोल ब.कार्कि गम्भिर ।

८. जि.चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।

९. जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।

१०. जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।

११. जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम

१२. जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ मध्यम ।

• (नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको घाइतेहरु: 

१. बा.प्र.०३-००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य

२. सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।

३. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।

४. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम

५. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।

६. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।

७. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.