मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कास्की- कास्कीको रुपा गाउँपालिकास्थित निगालझाँप्राको भित्री सडकखण्डमा शनिवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ६ का २९ वर्षे कृष्ण गुरुङ तथा मोटरसाइकलको पछाडी सवार सोही वडाका २४ वर्षे अशोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो करिव चार बजे रुपातालतर्फ जाँदै गरेको प्रदेश नं.३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ८०-९० मिटर तल खसेको थियो ।

घाइते अवस्थामा उनीहरुको उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा बेलुका ५ बजेतिर अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.