अवरुद्ध भएको दस दिनपछि भेरीकरीडाेर सडक खुल्याे

डोल्पा- हिमाली जिल्ला डोल्पा जोड्ने भेरीकरिडोरको डोल्पाखण्ड अवरुद्ध भएको दस दिनपछि खुलेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ अनारदुलामा माथिबाट खसेकाे सुख्खा पहिरोको कारण अवरुद्घ भएको सडक दस दिनपछि खुलेको हो ।

एक्साभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेको भेरीकरिडोर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । सुख्खा पहिरोले सडक समेत भाँसिएकाले बाटो खुलाउन तटबन्ध समेत गरिएको उहाँले बताउनुभयो ।

सडक खुलेपछि जिल्ला भित्रने र बाहिरिने सवारीसाधनहरु आवागमनमा सजिलो भएको यातायात व्यवसायीले बताएका छन् । भेरिकरीडोर कार्यालयले उक्त अवरुद्ध सडक खुलाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.