आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं- आज दिउँसो तीन बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ ।  बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

‘प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक मिति २०८० भदौ ६ गते बुधबार दिनको ३ बजे बस्नेगरी निर्धारण गरिएको छ ।

नेकपा एमालेको निरन्तर अवरोधपछि आजसम्मका लागि बैठक सार्दै आएको थियो । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने मागसहित संसद अवरोध गरिरहेको थियो । सोमबार राति बसेको सर्वदलीय बैठकले संयन्त्र बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.