अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा फुल्टन कारागारमा आत्मसमर्पण, धरौटी रकम बुझाइ रिहा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया फुल्टन कारागारमा आत्मसमर्पण गर्नुभएको छ । कडा सुरक्षाका बीच उहाँले कारागारमा उपस्थित भई हुलिया अभिलेख गराउनु भएको हो ।

अभियुक्त दर्ता प्रक्रिया सम्पन्न गरी करिव २० मिनेटमै उहाँ रिहा हुनुभएको फुल्टन काउन्टी न्यायाधिवक्ता प्याट्रिक लबटले जानकारी दिनुभयो ।

तोकिएको २ लाख डलरको १० प्रतिशत धरौटी रकम बुझाइ उहाँ रिहा हुनुभएको सीएनएनले जनाएको छ । रिहा लगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफू निर्दोष रहेको जिकिर गर्नुभयो ।

उहाँ विरुद्द सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियाको नतिजा उल्ट्याउने लगायत १ दर्जन बढी अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्प र अन्य १८ जना अभियुक्तहरुलाई कारागार समक्ष आत्मसमर्पण गर्न शुक्रबारसम्मको समय दिइएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले यसअघि विभिन्न ३ ठाउँमा पनि अभियुक्त दर्ता गराइसक्नु भएको छ । उहाँ विरुद्ध दर्ता भएका सबै मुद्दाको कानुनी प्रक्रिया केही महिनामा सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.