भदौ २२ गते बागमति प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

मकवानपुर- बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

बैठकले तीन वटा मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।

त्यस्तै, प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजना –सञ्चालनका लागि म्याचिङ्ग फण्डको सुनिश्चितता गरि नेपाल सरकार, एशियाली बिकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.