एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि आज ९ बजेदेखि मतदान हुँदै

रुपन्देही- बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदै छ । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले निर्वाचन कमिटीले आवश्यक तयारी गरेको ठिक ९ बजे मतदान सुरु गर्ने बताउनुभयो ।

यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनेपनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारेको हो । दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

सोमबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो ।

प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ । आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चारवटा पदमा निर्वाचन हुँदैछ । यसबाहेक भुगोलतर्फ रुपन्देही, गुल्मी, बांके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.