भरतपुरको पुल्चोक-गोन्द्राङ ६ लेनको सडक निर्माणमा ढिलाई

चितवन- भरतपुरको गोन्द्राङदेखि पुलचोकसम्मको ६ लेनको सडक निर्माणमा ढिलाई हुँदा व्यवसायीहरु मर्का परेको गुनासो गरेका छन् । सडकको काम सुस्तगतिमा हुँदा नारायणगढ र भरतपुरका व्यवसायीहरुको व्यवसाय नै चौपट भएको भनाई उनीहरुको छ ।

उक्त सडक निर्माणको लागि सडकको दाँया बाँया खनेर मानिस हिंड्न समेत असजिलो हुने गरेको छ । लामो समयदेखि सडकको काम ढिलाई हुँदा ब्यवसायीहरु पलायन हुन अवस्था आएको व्यवसायी थानेश्वर चालिसेले बताउनुभयो ।

संघिय सरकारको बजेटमा उक्त सडकको काम २०७७ असोजबाट शुरु भएको थियो । ३० महिना अवधि रहेको उक्त सडकको म्याद २०७९ फागुनमा समाप्त भएपछि २०८० मंसिरसम्मलाई म्याद थप भएको सडक कार्यलयले जनाएको छ ।

सडक खनेर छाड्दा बजार आउने ग्राहकहरुलाई आवत जावत र पार्किङको समेत समस्या भएको नारायणगढका सनद पिया बताउनुहुन्छ ।

बजार क्षेत्रमा पानि परेका कारणले काम हुन नसकेको र पानि पर्न रोकिना साथ काम शुरु गर्ने डिभिजन सडक कार्यलयका प्रमुख ईन्जीनियर रमेश प्रसाद पौडेलको भनाइ छ । बजार क्षेत्रमा सर्भिस लेन र फुटफाट बनाउने काम बाँकी रहेको छ ।

बजार क्षेत्रको काममा ढिलाई हुँदा आउँदै गरेको चाडपर्वको व्यापारमा समेत असर पर्ने भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । उक्त सडक १ अर्ब ३० करोडको लागतमा निर्माण भईरहेको छ ।

३० महिना अबधि रहेको उक्त सडकको प्रगति ७० प्रतिसत काम सम्पन्न भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.