गुल्मी जिल्ला अदालतमा ८० प्रतिशत मुद्दा फैसला

गुल्मी- जिल्ला अदालत गुल्मीमा गएको आर्थिक वर्षमा ७१२ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९-०८० सालको प्रगती समिक्षा कार्यक्रममा ५७६ मुद्दा फैसला भएको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

कुल मुद्दाको ८० प्रतिशत मुद्दा फैसला भएका छन् । १३६ मुद्दा फैसला हुन बाँकी रहेका छन् । त्यसमध्ये सम्बन्ध बिच्छेदमा ३८२ अंशवण्डा सम्बन्धीमा ८०, लेनदेनमा ३४, जग्गा खिचला सम्बन्धी १६, बहुविवाह १३ वटा, चोरी सम्बन्धी ३५ जबरजस्ती करणीमा २१ वटा, सवारी ज्यान अंगभङ्गमा १३ वटा लगायतका बिभिन्न शिर्षकमा मुद्दा दर्ता भएका थिए ।

जिल्ला अदात गुल्मीमा फैसला हुन बाँकी रहेका मुद्दाहरुमा एक वर्षका भित्रमा मात्रै रहेको जिल्ला न्यायाधीश बसन्तराज पौडेलले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएका छन् । सम्बन्ध बिच्छेदको संख्या बढ्दै जाँदा अवस्था बिकाराल बन्दै गएको छ । जिल्लामा सम्बन्ध बिच्छेदका ३८२ मुद्दा दर्ता भएकोमा ३२८ वटा मुद्दा फर्छ्यौट भएका थिए । त्यसमध्ये पुरुष वादी भएको मुद्दा ७३ वटा महिला वादी भएको मुद्दा ३०९ वटा दर्ता भएका थिए ।

बिशेष गरि सम्बन्ध बिच्छेदका मुद्दा बढनुमा दुबै पक्षको बुझाइमा कमी, बैदेशीक रोजगारिमा गएकाहरु बिच असमझदारि बढनु, कम उमेरमा बिवाह गर्नु, चेतनाको कमी हुनु, पतिले पत्नीको र पत्नीले पतिको जिम्मेवारी उत्तरदायित्व बोध नगर्नु मुख्य कारणहरु देखिएका छन् ।

महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध बिच्छेदको लागि महिलाको हाराहारिमा मुद्दा दर्ता गराएका छन् ।

जिल्ला अदालत गुल्मीमा चालु आर्थिक वर्ष २०८०/०८१ सालको दुई महिनाको अवधिमा ९१ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५३ वटा मुद्दा फैसला भएको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

गुल्मी जिल्ला अदालतमा ५८५ वर्ष कैद भुक्तान हुन बाँकी रहेको छ । बिभिन्न मुद्दामा फैसला भएकाहरुबाट ५८५ वर्ष १ महिना २५ दिन कैद भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

अदालत स्थापना भएदेखि जिल्ला अदालत स्थापना भएदेखि हालसम्ममा बिभिन्न मुद्दामा कैद सजाए फैसला भए वापतको भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलले बताउनुभयो । त्यस्तै जरिवाना वापत १० करोड ९६ लाख ७ हजार १६० रुपैयाँ उठ्न बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.