भन्सार छलिको कपडा बरामद

मकवानपुर- मकवानपुर प्रहरीले करिब ६ लाख मुल्य बराबरको भन्सार छलिको कपडासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेबाट बिल बिजक नभएको कपडा तथा जुत्ता सहित बारा जिल्ला बारागढी गाउँपालिका ४ का संजय चौधरीलाई पक्राउ गरेको हो ।

विरगंजबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ६२०४ नम्बरको योद्धा पिकअप गाडीमा ल्याइएको ५ लाख ९९ हजार मुल्य बराबरको लत्ताकपडा सहित चालकलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.