काठमाडौं उपत्यकामा निषेधादेशको समय आज सकिँदै

अब के गर्ने भन्ने बारेमा छलफल जारी

काठमाडौं- काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी तेश्रो पटकको निषेधादेशको समय आज सकिदैछ ।

भदौ ३ गतेदेखि १/१ हप्ता गरी लागु गरिएको निषेधादेश तेश्रोपटक यही भदौ १७ गते बुधबार एकसाताका लागि जारी गरिएको थियो ।

निषेधादेशको अबको खाकाबारे उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

यसैबीच नगरपालिका फोरमले अव नीजि सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागु गर्न सुझाव दिएको छ । फोरमको हिजोको बैठकले बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्ष पनि निकालेको छ ।

त्यस्तै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने ठहर गरिएको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

फोरमले भोलिदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि उहाँले बताउनुभयो । फोरमले उपत्यका भित्रने नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.